मुक्तक - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

मुक्तक



-तपस्या राई तेसु

हेर्दा चट्ट परेको कोट लगाउनेलाई मात्र घर दिइन्छ यहाँ
चुक्ता कसरी गर्छस् ? चोट लागेकालाई डर दिइन्छ यहाँ
हाम्रो नेपालमा यस्तो तरिकाले खै कसरी विकास हुन्छ
सेवा लिने बेला नभई तिर्ने बेला मात्र खबर दिइन्छ यहाँ


कहिले काँही सुनको सट्टा नुन ल्याउने पो हो कि ?
कति लडाउँछौ बरु लडेकालाई उठाउने पो हो कि?
तस्करी भ्रष्टाचारीमा मात्र अघि बढ्ने तिम्रा हातहरू
पछि हटाई,असल नागरिक भई देश बनाउने पो हो कि?


आगोको झिल्को देख्दा घर जलाउन खोज्ने दुनियाँमा
बिरामी छु भन्दा कात्रो नै ओढाउन खोज्ने दुनियाँमा
आत्महत्या गर्नु शुत्रलाई ढुङ्गा खोज्दा देउता मिल्नु हो
अरूलाई रुवाएर आफू मात्र रमाउन खोज्ने दुनियाँमा