मुक्तक

-लक्ष्मी ढकाल
(१)
बेमौसमी बाजा जस्तो शोकमा बजाएको थपडी जस्तो
चलेर पनि अर्थहीन छ जिन्दगी समय नदिने घडी जस्तो
स्थिर भनौँ हिँड्न खोज्छ गतिशील भनौँ टोलाइरहन्छ
यो मन पनि लाग्न थाल्यो वृद्धको हातको छडी जस्तो
(२)
सिमानामा खम्बा जस्तो उभ्याएर राख्न सकूँ
यहि माटोको पहरेदार बनाएर राख्न सकूँ
जो अन्यायमा आगो बनोस् कुरीतिमा तुफान
देशकोलागि मर्ने छोरा जन्माएर राख्न सकूँ
हाल काठमाडौँ
