मुक्तक - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

मुक्तक



-मनोजमान अछामी

(१)
चित्रमा खोजेर चरित्र लगातार कहाँ मिल्छ?
मृत्यु पश्चात जीवन यो बारबार कहाँ मिल्छ?
कस्तो आस्था राखेर हिडिरहेछौ आज पनि,
महोदय संघर्ष बिनाको उपहार कहाँ मिल्छ?

(२)
हिडेको छु सपनाका खानी बोकेर
यसपटक मैले यो राहदानी बोकेर
फिर्ता हुनेछु प्रिय चिन्ता लिनु पर्दैन,
चालिस पछिको मेरो जवानी बोकेर।।

(३)
राडि,गुन्द्रीमा छ सिरानी टहरा कस्ले देख्छ
गाउँले जीवन हो मेरो हराभरा कस्ले देख्छ
सहरमा पठाएको छोराले बा लाई बिर्सियो,
सिङ्गो रुखलाई धानेको जरा कस्ले देख्छ।।

(४)
तिम्रो लागि बग्ने आशू रोक्न सकेको भए
मेरो मायामा तिम्रो माया पाेख्न सकेकाे भए
कस्तो हुन्थ्यो हाेला तिम्रो मेराे मायाकाे त्यो,
समधुर सम्बन्ध सङ्गै जाेड्न सकेकाे भए।।

(५)
पापी हुन्छन् गिद्धे नजर ख्याल गर्नु
गाँउ जस्तो हुदैन है सहर ख्याल गर्नु
बाहिर देखिने झिलीमिली अर्कै हुन्छ,
राखेर इज्जत मेरो कदर ख्याल गर्नु।।

(६)
जन्म पछि मृत्यु आउने छ एक दिन
ढिलो चाडो सबैले पाउने छ एक दिन
छोरा चाहिने समाजमा छोरीले पनि,
चिता दागबत्ती लगाउने छ एक दिन।।