मुक्तक

-नवशिला
१
यो धर्ती आकास प्रकृति ब्रमाण्ड अनि चराचर हेर्नुस
तपाई जन्मेको हुर्केको खेलेको रमाएको घर हेर्नुस
यि सब देखिनुको कारण तिनै ममतामयि आमा हुन्,
अब पालो तपाईको, तिनै आमाको भर अभर हेर्नुस।
२
दश धारा दुध पिलाएर हुर्काईन बढाईन आमाले
खाई नखाई दुख गरेर हामिलाई पढाईन आमाले
स्याहार गरेर अब त हेर्ने पालो हाम्रो हो आमालाई,
लक्ष्यमा पुग्यौ प्रगतीको शिखर चढाईन आमाले।
३
तिम्रै आशिर्वाद र मायाले हामिलाई काविल बनायौ
भरेर स्नेह र ममता यो दुँनियालाई प्रेमिल बनायौ
तिमी नै यो विश्व ब्रमाण्ड हौ तिमीनै धर्ती हौ आमा,
छरेर संस्कारको ज्योती हामीमा झिलमिल बनायौ।
४
आँफु रोइन तर देखाइनन् सन्तानलाई कहिले पनि
ममता र प्यार भरि स्नेहले बाँधेर राखिन जहिले पनि
आशिर्वाद दिन्छिन शिर माथी हात राखेर हामीलाई,
आमा हुन्, सन्तानलाई सानै देख्छिन् अहिले पनि।
बेलबारी -२, लालभित्ती, मोरङ।
१४ मंसिर २०८०, मुलपानी, काठमाण्डौ।
