मुक्तक - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

मुक्तक



-सरिता सेढाई धादिङ

आवश्यक पर्दा मिठो शैली दर्साउने सँग
नाङ्लो ठटाएर हात्तीलाई तर्साउने सँग
हेक्का राख्नु सबैले बेलैमा सचेत हुनु
नशाको तालमा आइ लात्ती बर्साउने सँग

गोप्य कुरा लुकाए झैँ अझै लाउँदैन
तिम्रो दिल दुखाए झैँ अझै लाउँदैन
तर पनि किन दरार हाम्रो सम्बन्धमा
मेरै कारण शिर झुकाए झैँ अझै लाउँदैन

जिन्दगीमा सफल हुन एउटा असल मित्र हुनुपर्छ
देखावटी बाहिर होइन बस्ने दिल भित्र हुनुपर्छ
होचो होस् या अग्लो होस् कालो होस् या गोरो
दागी खोटी होइन उसको मन पवित्र हुनुपर्छ