मुक्तक - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

मुक्तक



(१)
भाग्य लेख्ने भावीलाई कसैले भेट्न सक्दैन विचार गर्नु
आएका दुःख पीडा कसैले लखेट्न सक्दैन विचार गर्नु
विना कारण यति कै चिन्ता लिएर बसेर केही हुँदैन मित्र
छैटीमा लेखेको कुरा कसैले मेट्न सक्दैन विचार गर्नु ।

(२)
अरूलाई फसाउनु खासै छैन उचित धैर्य गर्नुस्
झुटको व्यवहार त्यति हुँदैन सुरक्षित धैर्य गर्नुस्
अहिले समय उल्टो चल्दैछ भनी चिन्ता नलिनू,
हुन्छ एकदिन अवश्य सत्यको जीत धैर्य गर्नुस्।

(३)
सोचेको जस्तो मैले जिन्दगानी भेट्याएको छैन
यात्रामा प्यास मेटिने कतै पानी भेट्याएको छैन
तपाईं बिहे गर बिहे गर भनेर भन्नु हुन्छ मेरी आमा,
मैले अहिले सम्म यो मनको रानी भेट्याएको छैन।

-सुमन धमला
सिद्धिचरण नगरपालिका १० ओखलढुङ्गा