मुक्तक

-सुरेशकुमार पाण्डे
मानव हक अधिकारका लागी जुरमुराऊँ
आन्दोलनभित्रै भएर सहभागी जुरमुराऊँ
निजी स्वार्थका लागि त संसार दौडियो
साहित्यकार नभई कत्ति दागी जुरमुराऊँ।
मुनाको लागि मदन भन्छ आकाशको जुन दिन्छु
प्रिय आफ्नो अमूल्य ज्यान र हृदयको धुन दिन्छु
आफ्नो मातृत्व दुश्मनले निल्न लागेको थाहा हुँदा
कसैले भन्दैन म आफ्नो देशकोलागि खुन दिन्छु।
