मुक्तक

-मोहन खड्का ‘प्यासी’
१
आँसु सबै आफू पिएर हाँसो ,खुसी छर्छिन् आमा
सन्तानको खातिर सब थोक त्याग गर्छिन् आमा
आमा धरती हुन् आमा देवी हुन् यो जगतकी
मर्न परे सन्तानको लागि हाँसेर मर्छिन् आमा।
२
हिमाल, पहाड , तराई रमाइलो छ हाम्रो परिवेश
छाँगा, झरना, नदी , ताल एकसिङ्गे गैँडा हो विशेष
प्रकृतिको मनोरम अनुपम सुन्दरता बोकेको
डाँडापाखा हरियाली स्वर्ग झैँ सुन्दर छ मेरो देश।
३
नियाली हेर मलाई साथी के के पाउँछौ म भित्र? ।
दुःख, सुखमा जो साथ हुन्छ उहीँ हो असल मित्र
रगतको नाता भन्दा माथि हुन्छ भावनाको नाता
त्यही नै हुन्छ संसारमा सबैभन्दा उच्च र पवित्र।
महालक्ष्मी ~४ चानुवा धनकुटा हाल~ खाडी।
