मुक्तक - साहित्य सिर्जना साहित्य सिर्जना
  • ४ पुष २०८१, बिहीबार
Logo

मुक्तक



-दिपेन्द्र अर्गेजा मगर


मैले गुनगुनाउने हर गीतहरूमा रङ्ग तिम्रो भइदिए।
मौनताको बखतमा अदृश्य उमङ्ग तिम्रो भइदिए।
सबै कुरा पोख्नै पर्ने जरुरी कहाँ छ र यहाँ,
मेरा वाचित प्रत्येक संवाद-प्रसङ्ग तिम्रो भइदिए।


अपरिचित मेरा भावनाहरूमा आभास तिम्रै हुनेछ।
धडकन मेरै नाममा चलोस् तर सास तिम्रै हुनेछ।
दुरी टाढा अनि पर्खाई मात्रै लामो हो हामी बिच,
फेरि पनि माया युगान्तरसम्म खास तिम्रै हुनेछ।


यादहरुको सागरमा तैरिएको सुकोमल फुल बन्यै तिमी।
थकानको उच्च वितृष्णामा नै भेटिएको मुल बन्यै तिमी।
पोखेर कहाँ सक्छु र म तिम्रा अनवरत तरङ्गहरु अचेल,
गन्तव्य विहिन “म” पात्रको एक अभिन्न भुल बन्यै तिमी।