मुक्तक - साहित्य सिर्जना साहित्य सिर्जना
  • ८ पुष २०८१, सोमबार
Logo

मुक्तक



-निश्चल कल्पित


एक दिन पक्कै मेरो याद आउने छ याद राख
हरेक पल सम्झनाले सताउने छ याद राख
आज जसको लागि मलाई रुवाएका छौ
भोलि उसैले तिमीलाई रुवाउने छ याद राख


छ न त मनभरि अत्ति छ खत बाचिरहेछु !!
मैले जुटाएर बडो हिम्मत बाचिरहेछु !!
यो जिन्दगी न घर न घाटको हुँदा पनि !!
सम्झिएर बाआमाको इज्जत बाचिरहेछु !!


आँखा भरी आँसु थियो तर झार्न सकिन
उसलाई दिएको वचन पनि हार्न सकिन
एकै वचनमा उसले मलाई छोडेर गयो
खै किन अझै मैले माया मार्न सकिन

बागलुङ
हाल कपिलवस्तु