मुक्तक

-अनिता भण्डारी
मुक्तक १
जे आउछ्न भोग्नुपर्छ जिन्दगीमा आफ्नो रोजी हुदैन
जीवन छउन्जेलसम्म कैले पनि कसैको खोजी हुदैन ।
हतारमा लास हेर्न आउनेहरुको भिड देख्छु यहाँ
अनावश्यक लोभ किन गर्छौ कात्रोमा गोजी हुदैन
मुक्तक २
उसलाई पनि केही कुरा मिलाइ दिन मन छ
सम्मान स्वरुप अमृत पनि पिलाइ दिन मन छ
तर अनावश्यक अरुसग मेरो कुरा गर्दै हिन्नेलाइ
एकएक गरि सबैको मुख सिलाइ दिन मन छ
मुक्तक ३
पराइ हुन्न हजुर सत्रु आफ्नै मित्र हुने रैछ
बाहिर आहा!अनि डाहा भित्र भित्र हुने रैछ
बिश्वास पनि कसको गर्नु र यो पापि दुनियाँमा
आफू राम्रो बनी अरुलाई गिराउने चरित्र हुने रैछ
मुक्तक ४
दुख सुख जे भएनी जिन्दगीभर सङ्गै बसौला!
प्रेमनै प्रेमले जीवन बनाई सुन्दर सङ्गै बसौला!
अभाव सङ्ग सङ्गै जुधौला सहौला घामपानी
जिन्दगानी भएपनी सार्है कस्टकर सङ्गै बसौला!
ताप्लेजुङ
