मुक्तक

-राधेश आचार्य
१
दिन नै प्यारो अङ्गालोमा रात कस्ले हाल्छ र
रित्तो थाहा भए गोजीमा हात कस्ले हाल्छ र
प्रेमिका भएकै कारण बारम्बार सक्यौ तिमिले
अरुले धोका खात माथी खात कस्ले हल्छ र !!
२
जहिल्यै फाइदा मात्र हेर्न लाज लाग्दैन
धनि छान्दै अङ्गालोमा बेर्न लाज लाग्दैन
आफ्नो स्वार्थ पूरा गर्न कति गिर्छौ अरु
जन्म दिने बाउआमा फेर्न लाज लाग्दैन ??
३.
एउटै चोट एउटै पिडामा मन दलाउनु हुदैन
भनिन्छ यो बिगत बिर्सिने हो चलाउनु हुदैन
उनले प्रेमीलाई मेरो चिहानको सफर गराइन्
यहाँ कस्ले भन्छ गाडेको मुर्दा जलाउनु हुदैन !!
झापा,
