मुक्तक - साहित्य सिर्जना साहित्य सिर्जना
  • ३० मंसिर २०८२, सोमबार

मुक्तक



-दिपेन्द्र अर्गेजा मगर


धोकेबाजको उपमा आखिर दिलायौ के भन्नू।
अमृतरूपी विष पनि तिमीले पिलायौ के भन्नू।
गुनासो त नि:शब्द छन् तिमी सँग मेरा अचेल,
दुखी रहेकै घाउमा नुन चुक मिलायौ के भन्नू।


सम्बन्ध नि क्षण भरमै छुट्ने अनि जुट्ने गर्छ।
पल-पल हरपल हृदयकै नशा-नशा लुट्ने गर्छ।
हाँसो अनि रोदन माझ अल्झिए झैँ जिन्दगी यो,
लेखिएका अजर प्रीति बेहिसाब भई फुट्ने गर्छ।


लक्ष्यविहीन गन्तव्य म तिमी यात्री बनिदिनु।
जीवन जिउनु नै छ फेरि सहयात्री बनिदिनु।
निदाउँछु त हरपल तिम्रै कल्पनामा अचेल,
निन्दरीको मिठो स्वपन शुभरात्री बनिदिनु।