मुक्तक - साहित्य सिर्जना साहित्य सिर्जना
  • १९ माघ २०८२, आईतवार

मुक्तक



-डि.आर फुयाँल


संसार चिनियो नेट भएपछि।
हराएको मान्छे भेट भएपछि।
सबै थाहा पाउन थाले मैले
मस्तिक्समा प्रविधि सेट भएपछि।


लड्दा फेरी यी हात समाउने हुनुपर्छ।
दुःख सुख झुपडीमा रमाउने हुनुपर्छ।
किन गर्छौ अरूसँग सधैँ तुलना तिमी।
अरू भन्दा बेग्लै संसार थमाउने हुनुपर्छ।


थाहा नपाई तिम्रो घरमा माग्न सट्ट आउला।
धोएर हातमुख काटेर कपाल चट्ट आउला।
जसरी भए पनि कन्यादान दिनुपर्छ गरेर बिदाइ।
तिम्रो नजरमा ठ्याकै स्वरूप शिभभट्ट आउला।

धनकुटा-४देब्रेबास