बैङ्कर प्रकाशको ‘गजल’

प्रकाश शर्मा “आँसु”
मन्द मुस्कान वर्षा गर्दै प्रेम नसा पिलाएर
के गर्न खोज्यौ प्रिय आँखामा आँखा मिलाएर
तिम्रो सुन्दर मन देखि जिन्दगीले बाटो रोज्यो
लाग्छ कसिरहूँ आंगालोमा सारा संसार भुलाएर
सुगन्धको यौवनताले दिमाग चकित भईदिदा
राख्नेछु तिमीलाई हृदय बिच फूलै फूल फुलाएर
जिन्दगीका यात्राहरू एक्लै गर्न कठिन हुन्छ
सँगै सँगै पाइला चालौँ नयाँ बाटो खुलाएर
