गजल
-आर सी राई
अचेल मन सारै डुल्छ कतै थुनिदेउन काका
भेटिन्छे कि कोही त माया जाल बुनिदेउन काका
कोही छ मनभित्र थुन्ने मान्छे ? चिच्याउन मन छ
मलाई सारै माया गर्ने कोही त चुनिदेउन काका
कोही भएन चुन्ने मान्छे कोही भएन थुन्ने मान्छे
पाउ पर्छु बिन्ती लौन गुहार सुनिदेउन काका
न त रौनक छ जिन्दगीमा नर्क तुल्य भयो जुनी
अब आशा तपाईँ कै हो अर्को जुनिदेउन काका