गजल - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८१, सोमबार
Logo

गजल



-प्रतिक राई

उ अब विरोधी भयो कुनै समय त्यहीँ चरेको थियो
उ जस्तै कर्णधार रोजगारको लागी मरेको थियो

श्रीमानको पनि इमान हराएर गयो , जब
श्रीमतीको गलामा उसको हात परेको थियो

बहिस्कार गर्न पुग्यो जब इमानदारीतालाई पनि
उनको अगाडी बेइमानीको नोट झरेको थियो

कोही देश बेच्नमा कुनै गुनासो राख्दैनन् यहाँ
उ त्यहीँ देशको लागी दुनियाँ सँग लडेको थियो

उभिन दिएनन् लडाएर शून्यतामा पुर्‍याइ छाड्यो
उनका लागि आफ्नहरुको नै नियत सरेको थियो

इलाम