गजल
-सुरेशकुमार पाण्डे
मानिस हो मानिस भएरै जिउँन खोज्यो जिवनभरी सधै,
पसिना बगायो तन खियायो सङ्घर्ष गर्यो ऊ नडरी सधै।
सोंचथ्यो इमान पनि कुनै चिज हो वेइमान बन्नु हुँदै हामी,
उसैलाई आउँछ आफर पनि वेइमानहरूकै घरिघरी सधै।
देख्छ भुलभुल्याँकै सहर जिवन उनैको सुखमय भएको,
सडक देखि सदन सम्म भएको छ भ्रष्टाचार मनपरी सधै।
संसार बदल्छु भन्दै कम्मर कसेको यो क्रान्तिकारी आफै,
दुनिया हेर्छ र नियाल्छ आफुलाई भन्छ वाह सुस्तरी सधै।
पूर्व जनमका कथा सुनाउँनेहरू लुटेका छन् स्वर्ग आजै,
क्रान्तिकारी नर्कबाट स्वर्गकै भविश्य देख्छन् खर्खरी सधै।
चर्को घाम छर्लङ्गै छ आफ्ना आँखा तोपेर सुर्य खै भन्छन्,
ऊ भन्छ म आमूल परिवर्तनको सम्वाहक हुँ बेस्सरी सधै।