मुक्तक - साहित्य सिर्जना साहित्य सिर्जना
  • ६ पुष २०८१, शनिबार
Logo

मुक्तक



-भवानी पोखरेल (बाबु बिराज)

यहाँ अधर्मी पापीहरूको मात्र राज छ
हिजो अस्तिभन्दा त अझ बढी आज छ
कसैलाई सहयोग गरौँ भन्ने जमाना छैन
यहाँ अरूको प्रगति नचाहने समाज छ।

00

खासमा उनलाई भएको के हो बताउन भन्नू पर्छ
कसैले दुख दिएको हो कि कतै सताउन भन्नू पर्छ
बिरामी पो भएर हो कि कतै लागो लाएर हो कि
सल्लाह गरी अस्पतालमा गई राम्ररी जँचाउन भन्नू पर्छ।

00

उठ जाग जनताहरू हो आज देशले भन्छ
तिमी हामी नजागेमा यो देश कसरी बन्छ
विदेशीको इशारामा नाच्छन् हाम्रा नेताहरू
यिनको जिम्मा छोड्यौँ भने यो देश कहाँ रहन्छ।

00

तिमी देशको भन्दा पहिले आफ्नो गाउँको मुहार फेर
सधैँभरि अर्काको कुभलो चिताउने त्यो कुविचार फेर
धन सम्पत्ति भन्ने कुरा आउँछ जान्छ हातको मैला हो
त्यसैले पहिला आफ्नो मनभित्रको कुसंस्कार फेर।

बाणगङ्गा १ चार नम्बर
कपिलवस्तु