गजल - साहित्य सिर्जना साहित्य सिर्जना
  • ४ पुष २०८१, बिहीबार
Logo

गजल



-किस्मत खतिवडा

प्रष्ट देखिन्छ पिडा, तिम्रो मुस्कानबाट
छैन स्वयम् खुशी, खुशीको थानबाट

खै के भर पर्नु र यहाँ आफ्नाहरुको
चुडियो उ आफु, आफ्नै बगान बाट

सन्तानलाई कहिल्यै टाढा राखेनन्
बाआमा टाढिए आज सन्तानबाट

वृद्ध बाआमालाई आश्रममा पुर्यायौ
भुल्यौ आफु हुनुपर्छ वृद्ध जवानबाट

छोरो नै आए झन् कति खुशी होलान्
चिठी आएको छ छोराको मुग्लानबाट

आफ्ना भनिएकाहरु सबै पराई बने
बरु कोहि आफ्नो बने चिनजानबाट

विराटनगर