गजल

-तिलक भट्टराई “अन्जान”
उचालेको कुकुरले मृग मार्दैन बुझे हुन्छ
सिकारु कारीगढले गहना खार्दैन बुझे हुन्छ
उसले प्रेम गरेको तिम्रो रूपलाई हो बुझेनौ..
जात थाहा पाएपछि स्विकार्दैन बुझे हुन्छ
नबुझी दुस्मनी मोल्यो र छिमेकीले दुख पायो
वीर गोर्खालीले कहिल्यै पनि हार्दैन बुझे हुन्छ
हरेक कुराको समय आउँछ पर्खिन सक्नुपर्छ
बटुवा भोकाउँदैमा बोटले फल झार्दैन बुझे हुन्छ
बा’को झिटीमा छोराले आँखा लगाईरा’छ गाउँमा
आफूले घर किन्न सके बाआमा सार्दैन बुझे हुन्छ
सुनवल १२भुमही
नवलपरासी
