गजल - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

गजल



डा. घनश्याम परिश्रमी

छन् उफ्रेका कुवाभित्रै कुवाकै गीत गाएका
कुवाका भ्यागुता हेर्नुस् कुवामै छन् रमाएका

कतै रङ्गीन जीवनकाे खुसी फैलिन्छ बास्नाझैँ
कतै बस्तीहरूमा छन् यहाँ मान्छे डराएका

यहाँ सत्पात्रकाे इज्जत धुलोमाटाे बनाइन्छ
ठुला हुन्छन् तिनै मान्छे अरूले हो उठाएका

प्रशंसा हुन्छ बाङ्गाकाे गला रेटिन्छ साेझाकाे
फटाहा धूर्त छन् सत्ता यहाँ सम्हाल्न आएका

बगाए आँसुका धारा अचानक मञ्चमा उनले
हिजोअस्ति थिए जसले धेरैलाई हँसाएका

बहर-हजज
वजन- 1222-1222-1222-1222