गजल

-सुशील सापकोटा
बनेपनि तिम्रो नजरमा नजाती
सँधै सम्झनाले पिरोल्ने भो छाती
जानेहरु कहाँ खुसी छोडी फिर्थे
चढाएर मन्दिरमा फुलपाती
डुब्यो नाउसँगै चाहनाको चित्र
रहर खेर गयो हुने दियो बाती
सँधै बग्ने आँखाहरु साथी भए
दिन थाक्छ रोई सिरान भिज्छ राती
हिजो भुली जून छुने तिमीलाई
मेरै मुटु दुख्छ भनुँ भने घाती
