गजल - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

गजल



-सृष्टि सावित्रा

फेरि पनि तिम्रै कारण टुट्नु पर्यो भने
म सिसा हुँ! हतियार बन्छु फुट्नु पर्यो भने

इज्जत लुटेर आफुलाई महान ठान्छ कोही
सिङ्गै जिन्दगी लुट्छु म लुट्नु पर्यो भने

ए! दुःख तेरो आगमनले म पुर्ण भएको छु
फेरि अधुरो हुन्छु, तँ सँग छुट्नु पर्यो भने

अझै पनि बेला मौका सम्झिदिन्छ मलाई
यादहरुको असिनाले चुट्नु पर्यो भने

ओठमा हाँसो हातमा फूलको माला बोकेर
घाटमै जानू सृष्टिको मलाम जुट्नु पर्यो भने