गजल

-विजय खत्री
दुःख पर्दा लाएको गुन भुल्या छैन ।
घिटि–घिटी हुँदा दिएको खुन भुल्या छैन ।।
भोक लागी भौंतारीँदै गल्ली–गल्ली हिड्दा ।
तिमिले चाट्न दिएको नुन भुल्या छैन ।।
कंगाल भै भिख माग्दै पछि–पछि लाग्दा ।
तिमिले त्यो दिन दिएको सुन भुल्या छैन ।।
अमर थियो हाम्रो मायाँ घामछायाँ जस्तै ।
साथ छुटाउने हाम्रो त्यो घुन भुल्या छैन ।।
स्वास नफेरी भेट्न गएको विगतमा तिमिलाई ।
साथ दिएको मध्ये रातको जुन भुल्या छैन ।।
बागलुङ
हाल : जापान
