गजल - साहित्य सिर्जना साहित्य सिर्जना
  • ३१ जेष्ठ २०८३, आईतवार

गजल



– यज्ञलाल सुवेदी

तिमीभित्रका अङ्ग सब सलबलाऊन्
नयाँ सिर्जनाका मुना कलकलाऊन्

जहाँ बोट रोप्छौ त्यहीँ हलहलाऊन्
अँध्यारा कुनामा दिया झलमलाऊन्

तिमीभित्रको दम निकालेको देख्दा
खुसीका फुटी मूल खुब भलभलाऊन्

तिमी स्वाभिमानी भएको देखेर
नयनकोस सबका खुबै टलपलाऊन्

सिको तिम्रो गर्दै यहाँका सबैले
अनेकौँ किसिमका नयाँ फल फलाऊन्

२०८० कार्तिक २६,बुटवल