गजल - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

गजल



-सुशील सापकोटा

खुसी आँसु अस्थिर छन् सधैँ एउटै बात रहन्न
आउँछ बिहान पर्ख एक छिन स्थिर यो रात रहन्न

निराशाको यात्रा पुग्छ उमङ्गको गन्तव्यमा
फेरि आउँछ अन्धकार एकोहोरो प्रभात रहन्न

ओइलिनु छ ढिलो चाँडो सृष्टिका हर अस्तित्वलाई
सँधैभरी जिन्दगीमा उल्लासमय मात रहन्न

भएको बेला दिएको बेला लिनु बेहिसाब
के थाहा छ र कतिबेला प्रेमको यो खात रहन्न