सुहागरात

-प्रकाश शर्मा “आँसु”
रात भारी तिमि सँग बात गर्न मन लाग्यो
नसारूपी मदहोस् प्याला साथ भर्न मन लाग्यो
हरेक प्याला नासा भित्र मादकताको लेबल बड्द
दुरी अलि बढी छ की नजिक सर्न मन लाग्यो
ओढिएको घुम्टो तिम्रो बिस्तारै उघारिदा
फरफराएको केश सँगै तल झर्न मन लाग्यो
सामीप्यको स्पर्शले कायल घायल भईदिदा
रोमाञ्चकको माधुर्यले सुगन्ध भर्न मन लाग्यो
साची रा’को यौवन भित्र लाजको पारो चढ़िदिदा
लज्जारूपी गहना तिम्रो पुरै हर्न मन लाग्यो
