गजल - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

गजल



-रिता खराल

कोरिरहेछु लेख कलमको मसी सकिन आँटेछ
त्यतिबेलै आफन्तले घाउमा नुन भर्दिन आँटेछ

साँच्चिकै दुश्मन हो कि आफन्त बुझ्न गाह्रो भयो
कसैकसैले झूटा आरोप लगाई सम्झिन आँटेछ

सहारा थियो अनि अभिलाषा थियो दु:ख पर्दामा
ती सबै आशा तोडीगयो र त नाता चुडिन आँटेछ

भलाइ कसको सोच्नु अनि राम्रो कसलाई गर्नु यहाँ
स्वार्थको र पैसाको मूल्यमा भाउ मिसिन आँटेछ

मिश्रित भाउ बढी रहेको देख्दाखेरि लाग्छ कतै
बोलीको पनि मुल्य राम्रै समयमा जुधिन आँटेछ ।