चारु/ विराग

-सञ्जना शर्मा
(१)
आफ्नो मान्दा मान्दै पराय ठानेर जाउ के भन्नू
मनको धनी अब अन्तै छानेर जाउ के भन्नु।।
म जिउँदो लास भैसकेँ जस्तो लाग्छ मलाई
अनहोनी नहुँदै अाफै जानेर जाउ के भन्नु।।
मनमा दया तिम्रो पनि रहेन छ कत्ति पनि
फेरि त्यही घाउमा तीर हानेर जाउ के भन्नु।।
तिमीले कहिले सोधेनौ के छ खबर भनेर
उही गल्तीहरु फेरि मानेर जाउ के भन्नु।।
थोरै प्रगतिमा तिमी जलेको जस्तो गर्थ्यौ किन
आउ फेरि पनि त खुट्टा तानेर जाउ के भन्नू।।
(२)
दुख परेको बेलामा पनि राजनीति गर्छ मान्छे
आफ्नै दुनो सोज्याउँन सधैँ अघि सर्छ मान्छे
सरम लाग्छ भन्नलाई कसलाई के भन्नू अब
जानै पर्छ छाडेर किन धनकै लागि मर्छ मान्छे
भलाइ गरे के हुन्थ्यो संसार छोड्ने हो सबैले
त्यो लोभ को भाँडा भर्नमा सधै नै लागि पर्छ मान्छे ।
आफ्नो स्वाभिमान को कदर गर्दैनौं कहिले पनि
पहिचानै त्यो लुकाएर कसरी तल झर्छ मान्छे।
भोका नाङ्गा र निमुखा को हक अधिकार खोसेर।
निर्दय बनेर सधै आफ्नो मात्रै झोला भर्छ मान्छे।
(३)
म तिम्रो लागि भएछु काँडा न टार त्यसरी
मुटुमा घाउ छ गहिरो तिर न सार त्यसरी
म तिमी बाट हुँदैछु टाढा बिर्सनु मलाई
अाँसुले बाटो छेक्छ कि मेरो न झार त्यसरी
लौ जाने बेला भैसक्यो हेर नगर अबेर
गरेर गल्ती अगाडि ठिक्क न पार त्यसरी
म तिमी बिना सक्दिन बाच्न नजाउ छोडेर
सुकेको खोला फर्किन्छ अास न मार त्यसरी
तिमी नै हेरी काट्थेँ मैले दुखका सागर
बनाउ राम्रो संसार हाम्रो न हार त्यसरी
