गजल
-विद्या सागर पाण्डेय
अधेरीमा दिप बलेर आउ
चन्चले मन सम्हालेर आउ ।
लजालु मुहार गाजलु आँखा
मन भित्र माया पालेर आउ ।
चकमन्न कालो अधेरी रात
स्वर्णीम रातमा ढालेर आउ ।
मिलन बिथोल्न संसार जाग्ला
सुस्तरी पाईला चालेर आउ ।
सागर स्वागत गर्ने छ तिम्रो
प्रेमको पथ अङ्गालेर आउ ।।।