गजल
-सुरेशकुमार पाण्डे
१
अन्याय अत्याचार देख्छु र गजल लेख्छु,
आफैले मन भित्र गरेको छलफल लेख्छु।
एकान्तमा सोंच्छु समानता भनेको के हो,
मष्तिकभित्र घुम्ने धेरै उथलपुथल लेख्छु।
समाजभित्र छुवाछुत छदै छ बिभेद उस्तै,
बुद्धिजिविलाई देख्छु वे-अक्कल लेख्छु।
जनताहरूले को सङ्ग माग्ने हक हधिकार,
त्यही सोच्छु दिनरात अनि पलपल लेख्छु।
चार दशकबाट अन्यायकै बिरोध लडिरहें,
कोई सुन्छ व़ा सुन्दैन बिचार अटल लेख्छु।
राजनीति देख्दा दु:ख लाग्छ र उठ्छ रिश,
आ-आफ्नै स्वार्थमा गर्दा दलबदल लेख्छु।
सरकार मनपरी गर्छ युवा देशबिहिन भए,
नागरिक माथि भएको देख्छु छल लेख्छु।
२
राजनीतिमा पनि सधैभरी ब्यापार हुनेभयो,
पुजिसनमा खै सदासर्वदा गुनेगार हुनेभयो।
राष्ट्रियता गणतन्त्रको के आस गर्छौ जनता,
देश टुक्रा- टुक्रा र समाजमा दरार हुनेभयो।
रेमिटेन्स् र करमा चलेको देश ऋण चुलिंदा,
हाम्रो देश आज गुलामीको आधार हुनेभयो।
छैन उत्पादन् त्यसैले त युवा खाडीमा पुग्छन्,
कृषिप्रधान देश सधै बिदेशी बजार हुनेभयो।
आन्दोलनको कमान अवसरबादको हातमा,
जती शङ्घर्ष गरेपनी सबै वेकार हुनेभयो।
विरहरूको देश कहिल्यै कसैको गुलाम भैन,
दलाल नेताले गर्दा नागरिकको हार हुनेभयो।
३
खोज्दा कहाँ भेटाउँ त्यो अनुहार यहाँ,
आमाको आसिर्वाद र मिठो प्यार यहाँ।
जन्मिएका मानिस सबै नमरि सुःख छैन
सुनो-सुनो लाग्छ आफ्नो घर संसार यहाँ।
झल्किन्छन् ती पुराना सम्झना ओरिपरी,
कसरी तिर्न सकिन्छ र दुधको भार यहाँ।
जस्लाई पाल्यो हुर्कायो उसैले पोल्नुपर्ने,
कसले बनायो अनौठो यो संस्कार यहाँ।
मानिसमा इख हुँनुपर्छ र सहास हुनु पर्छ,
आमा बाट मैले पाएको यो औजार यहाँ।
खोस्न सक्दैन् कसैले सम्झना आमाको,
पखालन्छ आँखा आँसुले लगातार यहाँ।
४
सदनमा कुर्ची फाले सडकमा राँको बाले सधै,
राजनीति पनि कुन्नि किन यस्तै गर्न थाले सधै।
छैन रोजगार युवाहरूलाई पठाउँछन् खाडिमा,
खाए कमिसन नेत बिदेशी भित्राउँदै पाले सधै।
प्रकृतिले दिएकै छ हिमाल पहाड र तराई हाम्रो,
स्वर्ग तुल्य देशको श्री सम्पती सबै पखाले सधै।
विर थिए पुर्खा रत गुलाम भएन कहिल्यै नेपाल,
लाछी लोभिकै हातमा गयो र सत्ता खंगाले सधै।
देशले थेग्नै नसक्ने सङ्घियता अंगाले लोभमा,
मागे अनुदान लाग्यो ऋण स्वाभिमान ढाले सधै।
विर गाथा बोकेको हिमाल पहाड तराई हेर्दाहेर्दै,
निजी स्वार्थमा कसिङ्गर झैं सम्झिएर फाले सधै।
दाङ घोराही १८