गजल

-लोकेश थापा
हिमाल पहाड तराई नदी नाला खोला ताल छ,
बुद्ध जन्मेको देशमा शान्तिको अनिकाल छ ।।
चुनावमा के के गर्छु भन्थे हाम्रा नेता हरु,
के भनौ र खै हाम्रो देशको आज बेहाल छ ।।
रोजगार छैन देशमा सबै युवा हिडे बिदेश तिर,
के को चिन्ता बिदेश पठाउन हजारौ दलाल छ ।।
सत्ताको कुर्सी ताना तान चल्या छ देशमा,
नेता तिनका चेला अनि भक्तको मालामाल छ।।
आफ्नै पैसाले हामी आफै बेचिएका छौ साथी,
हाम्रा अघि नुन छैन उनको अघि सुनको थाल छ ।।
कुनै देशमा नभाको राजनिती भा छ यो देशमा,
इमानदारलाई खुट्टा तानेर खसाल्नेको महा जाल छ ।।
बिजयनगर कपिलवस्तु
