गजल
-आस्था निरौला
न त प्यार थियो न त इन्तजार थियो
तिमीले रोजेको दिल नै बिमार थियो
कसरी जुटाउँ प्रमाण म तिम्रै हुँ भनेर
दिलमा सवालै सवालको दिवार थियो
मलम लगाउँदै गर्दा आँसु पुच्दै गर्दा
देखाउनै नमिल्ने हाम्रो संस्कार थियो
यो दोष कसलाई दिनु होला र खै
खुसि दिने विधाता नै दोधार थियो
मलाई मात्रै सारा दोष किन दिन्छौं प्रिए
आखिर योजना दुवैले गरे अनुसार थियो