गजल

-भावना मञ्जु
आधातमा रमायौ खेला हुँदाेरहेछ
दोषी बनाउँनेकाे चर्चा हुँदाेरहेछ
आँखाहरू डुबेछन् आफ्ना रमाउँदै थे
माया यहाँ अनौठो जात्रा हुँदाेरहेछ
सम्मान खोज्छ जसले धेरै जहाँ उसैको
भित्री कठोर आत्मा र साया हुँदाेरहेछ
आमा सदा हँसाऊ आत्मा खुसी बनाई
ममता तिमी जगाऊ आसा हुँदाेरहेछ
आकाशमा म उड्ने चाहा थियो चरी झैँ
धर्ती सदा अहो! रमितामा हुँदाेरहेछ
मोरङ
