गजल

-सृजना’श्री’
नयनले लठ्यायौ नयनलाई मात्र
भयो भूल थाहा छ मनलाई मात्र
मुहारको सौन्दर्य सबथोक मान्यौ
गर्यौ प्रेम आखिर वदनलाई मात्र
हिया दुख्छ सागर तिमीलाई देख्दा
फिँजायौ अँगालो गगनलाई मात्र
बुझाउँ छु आगो म पानी पिएर
मेरो दिल बनायौ जलनलाई मात्र
गर्यौ के!ए,मान्छे गुमायौ महत्त्व
पुर्यायौ शिखर माथि धनलाई मात्र
