गजल - साहित्य सिर्जना साहित्य सिर्जना
  • ७ पुष २०८१, आईतवार
Logo

गजल



-टिङ्कु भट्टराई

नगद तान्ने सातै `अ´ को चिनारी यो पा´को इलाम।
मेहेनत र लगनशीलले अर्गानिक भै आ´को इलाम।।

जता हेर्नुस् त्यतै राम्रो हरियाली सदाबहार
हरेक श्रष्ठा, सर्जकले गीत गजलमा गा´को इलाम।

देवास्थल, पोखरी र झरनाको शीतलतामा
फिक्कल पुगी ललिपप र चाम्रो छुर्पी खा´को इलाम।

सबै जात जाति धर्म ,संस्कृतिले भरिपूर्ण
सबको मन मस्तिष्कमा स्वर्ग बनी रा ´को इलाम।

रहनसहन भेषभुषामा अग्रगामी सधैंभरि
आफ्नै पनमा रमाएर सर्व व्यापक भा ´को इलाम।

ऐठन पार्ने अँध्यारोलाई चिरा पारी छोचोलेर
झुल्के घामको सुन किरणले जताततै छा´को इलाम।

चियाबारिमा सेल्फी खिच्दै चारखोलालाई साक्षी राखी
एकापसमा प्रेम साट्दै पर्यटक धा ´को इलाम।।