गजल - साहित्य सिर्जना साहित्य सिर्जना
  • ३ पुष २०८१, बुधबार
Logo

गजल



-सृष्टि सावित्रा

गर्नुहुन्थ्यो प्रेमको बीमा भइदिए आधारसम्म
कमसेकम गर्न पाइन्थ्यो मनकोे उपचारसम्म

यो सरकार पटकपटक कर्णाली पुगेको हो
कर्णाली पुग्न सकेको छैन अझै सरकारसम्म

मैले बा,को इज्जत सम्झेर मेहनत गरेकी हुँ !
गर्नेले त गरिरहेकै छन् शरिरको ब्यापारसम्म

आज जुत्ता लगाउने हैसियत बन्यो मेरो
हिजो त खाली खुट्टै आउथेँ तिम्रो बजारसम्म

म बिरामी परेको खबर कसरी कानमा पुग्यो ?
आफ्नाले तयार गरेछन् मृत्युको शृङ्गारसम्म