गजल
-सनत रोकाय विवश
घाइते भएको मेरो देशको उपचार छैन किन ।
खुसी अनि हासिलो देशको मुहार छैन किन ।।
बन्दी बनाएर राखिएको छ देशलाई पिजडामा
बन्दी भएको मेरो देशको उद्वार छैन किन ।।
निधार हो कि खुइलिएको तालु छुट्याउनै गार्हो
युवा जस्तै चम्किने देशको निधार छैन किन ।।
कछुवा झै हिडिरहेको छ हेर देशको विकास भने
मेरो देशको विकासको गति रप्तार छैन किन ।।
पल्किएर बिरालो चल्लाको खोर रित्तो बनायो
देशको सिमानामा भएको खाली किनार छैन किन ।।