गजल - साहित्य सिर्जना साहित्य सिर्जना
  • ३० मंसिर २०८२, सोमबार

गजल



-सुरेशकुमार पाण्डे


आज सङ्घीयताले देश खरानी बनायो,
इतिहाश नराम्रो देशको कहानी बनियो।

बच्चा बयासी हजार रिन लिई जन्मिन्छ,
नागरिकहरू को आखामा पानी बनायो।

देश परनिर्भर छ कसरी थेग्छ ऋण सधै,
सत्तालोभि कङ्गाल जानी जानी बनायो।

पक्ष र विपक्ष छुट्टाउँ नै गारो छ देशभित्र,
लोभिहरू जहिलेपनि मनोमानी बनायो।

आसे,पासे,गासे नेताहरूको भए चाकर,
युवाहरू तह लगाउँन राहादानी बनायो।

गाउँ सहर मा सिङ्गदरबार भन्नेहरू आफै,
भ्रष्टाचारी को अखाडा राजधानी बनायो।


सबै व्यास्थ हुन्छन् कसैलाई फुर्सत छैन,
देशको अबस्था कस्तो छ अबगत छैन।

गरिब भयो देश अल्छी नेताहरूले गर्दा,
संसारमा पहिलेको जस्तो इज्जत छैन।

गठबन्धन् भन्छन् अपबित्र हुन्छ एकता,
आलुको बोरी जस्तै भयो एउटै मत छैन।

खै बिपक्ष कुन पक्ष कुनहो छुट्टाउँन गारो,
कसैलाई विकासको देशमा जरूरत छैन।

भन्छन् गणतान्त्रिक सम्बिधान छ देशमा,
भ्रष्टाचार उस्तैछ नागरिकलाई राहत छैन।

कसले पताउँछ नेताकै बकवास सधैभरी,
यहाँ नियम कानुन छैन कत्ती बर्कत छैन।

यी देशका होनहार करणधार हुन बनाए,
बन्छन् प्रतिभा छ सरकारको नियत छैन।


मानिस हौँ हाम्रो पनि मनमा थुप्रै रहर हुन्छ,
जानि अन्जानी कुनै गलती नहौस् डर हुन्छ।

तिमीले त सधै भरी मेल मिलापकै गर्छौ कुरा,
तर व्यबहारमा तिम्रो मयाँ सुकेको बगर हुन्छ।

आफ्नै लागि मात्रै त बाँच्छन् जिव जन्तु पनि,
मानव हौँ र त अर्कैको लागि बाँच्ने कर हुन्छ।

भन्छन् उसले ढुङ्गामा समेत देख्यो भविश्य,
कलाकारहरू लाई आफ्नै कलामा भर हुन्छ।

पराणी हौँ जिन्दगी सबैलाई प्यारो हुन्छ साथि,
देश र जनताको लागि काम गरौँ कदर हुन्छ।

भन्छन् कागज पनि बिदेश बाट आउँछ सधै,
जुन देशमा धेरै मात्रामा खरकट्टिमा खर हुन्छ।